Annual Progress Report FY2025|World Vision International Nepal|Nepali

Download
Nepali APR FY25 Cover Image
Thursday, July 16, 2026

आर्थिक वर्ष २०२५ मा  वर्ल्ड भिजन इन्टरनेशनल नेपालले आफ्नो कार्यक्रमहरू मार्फत उल्लेखनीय उपलब्धि हासिल गर्न सफल भएको छ। गत वर्ष, हाम्रो कार्यक्रममार्फत ३,०७,९६१ बालबालिकासहित कुल ४,४८,३४२ जनासम्म पुग्न हामी सफल भएका छौँ।

हाम्रो काय्रक्रमले विशेष गरी अत्यन्त जोखिममा रहेका समूहहरूलाई प्राथमिकता दिएको छ। यस क्रममा १,०७,५६९ जना अत्यन्त जोखिममा रहेका बालबालिका र ५४,४०४ जना जोखिममा रहेका बालबालिकालाई सहयोग गरिएको छ, साथै, ५३,५४७ जना अत्यन्त जोखिममा रहेका परिवारहरू पनि समेटिएका छन्। त्यसैगरी, ४,१४१ जना अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरू लाभान्वित भएका छन् र ७,५४५ जना विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षा क्षेत्रमा पुनःसमावेश गर्न सहयोग गरिएको छ। सहभागीमध्ये २०.३८% दलित समुदायका रहेका छन्, जसले समावेशीकरणप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।

यी सबै उपलब्धिहरू समावेशी तथा गुणस्तरीय शिक्षा, पोषण र जीविकोपार्जन, र संरक्षण तथा समुदाय संलग्नता जस्ता क्षेत्रहरूमा केन्द्रित हाम्रो कार्यक्रमहरूमार्फत सम्भव भएका हुन्।

हाम्रो कार्यक्रमहरू र बालबालिका तथा समुदायहरूको जीवनमा ल्याइएको सकारात्मक परिवर्तनबारे थप जानकारीका लागि कृपया पूरा प्रतिवेदन पढ्नुहोस्।